५ वर्षदेखि ११ सम्मका बालबालिकाको लागि फाइजर/बायोटेक खोपलाई अमेरिकाले दियो स्वीकृति


१७ कार्तिक २०७८, बुधबार ११:४० मा प्रकाशित

बीबीसी । अमेरिकाले ५ वर्षदेखि ११ सम्मका बालबालिकाको लागि फाइजर/बायोटेक खोपलाई स्वीकृति दिएको छ ।

अमेरिकाको औषधि नियामकहरू सावधानीपूर्वक विचार गरेपछि सेन्टर्स अफ डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनका निर्देशक रोसेल वोलेन्स्कीले यो निर्णय गरेका हुन् ।

अमेरिकाले १२ वर्ष भन्दा माथिकालाई पहिलेदेखि नै खोप दिइरहेको छ । यो स्वीकृतिले झण्डै २ करोड ८० लाख अमेरिकी बालबालिकालाई प्रभाव पार्नेछ । सामान्य जनजीवनमा फर्कन बालबालिकालाई खोप लगाउनुपर्ने विज्ञहरूको मत छ ।

सीडीसी र फुड ड्रग एडमिनिस्ट्रेसनमा विज्ञहरूले कोभिड १९ विरुद्ध बालबालिकालाई दिइने खोपको जोखिम र फाइदाको बारेमा लेखाजोखा गरेपछि यो अनुमति दिइएको हो ।

एफडीएका अधिकारीहरूले बालबालिकालाई कोभिडबाट बचाउन खोप झण्डै ९१ प्रतिशत प्रभावकारी भएको र यसले उनीहरूको प्रतिरक्षा क्षमता १६ देखि २५ वर्षका मानिसको जति देखिएको निश्चित गरेका थिए । यस्तै, अनुसन्धानकर्ताहरूले यसको कुनै गम्भीर साइड इफेक्ट फेला पारेनन् ।

अमेरिकी राष्ट्रपति जो बाइडनले एक विज्ञप्तीमा बालबालिकाको खोपले उनीहरूको अभिभावकको तनाव अन्त्य गर्ने र बालबालिकाले अरुमा भाइरस फैलाउन कम गर्ने बताएका छन् ।

सो स्वीकृतिसँगै दशौँ लाख अमेरिकी बालबालिकालाई खोप लगाउने बाटो खोलिदिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here