हल्दीवारी । विजयदशमी ,शुभदिपावली ,छठ पर्व तथा नेपाल सम्वतको अवसर पारेर हल्दिवारी उद्योग वाणिज्य संघले आज हल्दीवारी ३ को ढडुवा बजारमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
कोरोना महामारी पछी झापा जिल्लाका अस्पतालहरुमा रक्तअभाव भएपछि रेडक्रसको आह्वानमा संघले रक्तदान कार्यक्रम आयोजना गरेको अध्यक्ष सुमन मैनालीले बताउनु भयो । संघका अध्यक्ष सुमन्त मैनाली(सुमन) र स्वयंसेवि रक्तदाता अभिषेक खतिवडाले रक्तदान गरेर कार्यक्रमको शुरुआत गर्नुभएको थियो ।
कार्यक्रममा दुई महिला र अठचालीस पुरुष गरेर जम्मा पचास जनाले रक्तदान गरेका थिए ।





