एसियन कप छनोट खेलमा आज नेपालले ताजिकिस्तानसँग खेल्दै


११ कार्तिक २०७८, बिहीबार ११:१२ मा प्रकाशित

काठमाण्डौ, कार्तिक ११ । एएफसी २३ वर्षमुनिको एसियन कप छनोटको दोस्रो खेलमा आज नेपालले घरेलु टिम ताजिकिस्तानसँग खेल्दै छ ।

रिपब्लिकन सेन्ट्रल स्टेडियममा नेपाल र ताजिकिस्तानबीचको खेल बेलुका पौने ८ बजे हुनेछ ।

नेपाल पहिलो खेलमा इरानसँग ४–० गोल अन्तरले पराजित भएको थियो । आज ताजिकिस्तान भने लगातार दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा ताजिकिस्तानले लेबनानलाई हराएको थियो । नेपालले अब आउँदो आइतवार लेबनानसँग खेल्नेछ ।

आज नेपाल पहिलो अङ्कको खोजीमा हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here