बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यद्वारा पदबाट राजीनामा


१० कार्तिक २०७८, बुधबार १५:०४ मा प्रकाशित

काठमाडौं, कार्तिक १० । बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएकी छन् । बुधबार दिउँसो प्रदेशसभाको बैठकलाई सम्बोधन गरेपछि उनले पदबाट राजीनामा दिएकी हुन् ।

शाक्यले प्रदेशसभामा विश्वासको मत लिन प्रस्ताव टेबुल गरेकी थिइन् । तर, एमालेको पक्षमा सांसद कम भएकाले स्पष्ट अल्पमतमा परेकाले उनले विश्वासको मत नलिई पदबाट राजीनामा दिएकी हुन् ।

प्रदेशसभामा हाल एमालेका ४३, माओवादी २३, कांग्रेसका २२, नेकपा एकीकृत समाजवादीका १३, विवेकशील साझा दलका तीन, नेमकिपाका दुई, राप्रपाका दुई र जसपाका एक गरी एक सय नौ सांसद रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here