झापा, असोज, २७ गते । सेफ्टी टेयाङकीको गाडीको ठक्करबाट झापामा साइकल यात्रीको मृत्यु भएको छ ।
झापाको भद्रपुर नगरपालिका ४ रंगेडाँडास्थित सेफ्टी टेयाङकीको गाडीको ठक्करबाट साइकलमा सवार भद्रपुर नगरपालिका ६ का ६० बर्षीय महेश सिंह राजवंशीको मृत्यु भएको हो । बुधबार दिउसो ११ बजे पूर्वबाट पश्चिम तर्फ जादै गरेको मे १ ख १६६३ नम्बरको सेफ्टी टेयाङकीको गाडीले बिपरित दिशाबाट आउदै गरेको साइकललाई ठक्कर दिदाँ गम्भिर घाईते भएका राजबंशीको उपचारको लागी ओमसाई पाथिभरा अस्पताल भद्रपुर पुर्याउन साथ मृत्यु भएको थियो ।
गाडी चालक भद्रपुर नगरपालिका १० का २१ बर्षीय आमसमणी टुडुलाई वडा प्रहरी कार्यालय भद्रपुरले नियन्त्रणमा लिएको छ । साथै,घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





