बिश्वका ठुला मुलुकहरुमा कोरोना संक्रमण दर दिनानुदिन बढ्दो


२६ आश्विन २०७८, मंगलवार १२:३१ मा प्रकाशित

एजेन्सी असोज २६ । बिश्वका ठुला मुलुकहरुमा कोरोना संक्रमण दरमा अझै कमी आएको छैन । अमेरिका, ब्राजिल र रुसको कोरोना संक्रमण दर दिनानुदिन बढ्दो क्रममा छ ।

जोन हप्किन्स बिश्वबिद्यालयका अनुसार यी राष्ट्रहरुमा खोप अभियानका बीच पनि कोरोनाको संक्रमण दर उच्च हुँदै गएको छ । रुसमा एकैदिन ९ सय ५७ बढीको ज्यान गएको छ भने संक्रमितको संख्या एकैदिन २४ हजार नाघेको छ ।

अमेरिकामा पनि दैनिक ८ सयको हाराहारीमा कोरोना संक्रमितको मृत्यु हुने गरेको छ । त्यहाँ ७ दिनको अवधिमा ९६ हजार ५ सय बढी संक्रमित थपिएका छन् । अमेरिकामा हालसम्म संक्रमितको संख्या ४ करोड ५२ लाख ४ हजार बढी छ । त्यहाँ हालसम्म ७ लाख ३३ हजार ५ सय बढीको मृत्यु भइसकेको छ । ब्राजिलमा पछिल्लो समय एकै दिन १ सय ८२ जनाको ज्यान गएको छ । धेरै समयपछि त्यहाँ एकै दिन यति धेरै नागरिकको ज्यान गएको हो ।

कोरोनाबाट मृत्यु हुनेको संख्या ६ लाख नाघेको छ । गत वर्ष एकै दिनमा दुई हजारभन्दा बढीको पनि ज्यान गएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका थिए । ब्राजिलमा कोरोनाका कारण २ करोड १५ लाख संक्रमित हुँदा ६ लाख १ हजार २ सय बढीको मृत्यु भइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here