चितवनका ६ मेडिकललाई कारबाही स्वरुप रु तीन लाखसम्म जरिवाना


१९ आश्विन २०७८, मंगलवार ११:३६ मा प्रकाशित

चितवन, असोज १९ । चितवनमा रहेका ६ मेडिकललाई स्थानिय प्रशासनले कारबाही गरेको छ । भरतपुरको चौबिस कोठीमा सञ्चालनमा रहेका ति मेडिकललाई कारबाही स्वरुप रु पाँच हजारदेखि रु तीन लाखसम्म जरिवाना गरिएको हो ।

मापदण्ड पूरा नगरेको, खरिद बिक्री बिल नराखेको, दक्ष जनशक्तिको नियुक्त र शैक्षिक प्रमाणपत्र नराखेको, बढी मूल्यमा बिक्री गरेको, समय सकिएका औषधि छुट्टै नराखि एकै ठाउँमा राखेको, अनुमति नलिई सञ्चालन गरेकोलगायत कारण कारबाही गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चुडामणि शर्माले जानकारी दिनुभयो । त्यस्तै जिल्ला प्रशासन कार्यालयका मुद्दा शाखाका नायव सुब्बा गोपीचन्द्र दवाडीका अनुसार कारबाही हुनेमा नवल टेन्टल क्लीनिक, भरतपुर पोलिक्लीनिक, नवल पोलिक्लिनिक, मिराकल फर्मा, रिजन फार्मेसी र एपोलो डेन्टल छन् ।

नवल टेन्टल क्लिनिक, भरतपुर पोलिक्लिनिक र नवल पोलिक्लिनिकलाई रु तीन/तीन लाख जरिवाना गरिएको छ । मिराकल फर्मालाई रु दुई लाख ५० हजार, रिजन फार्मेशिलाई रु २० हजार र अपोलो डेन्टल क्लीनिकलाई रु पाँच हजार जरिवाना तोकिएको शर्माले जानकारी दिनुभयो ।

चाड पर्वको समयमा स्थानीय प्रशासनले अनुगमनलाई तीव्र पारेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here