विर्तामोड कांग्रेसका सभापति दावेदार कुलप्रसाद संग्रौला को हुन ?


९ आश्विन २०७८, शनिबार १६:०४ मा प्रकाशित

केशव राज भण्डारी,

झापा । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत झापाको विर्तामोड नगर कार्यसमिती सभापतिका लागि विर्तामोड नगरपालिका वडा नं. ४ का नेपाली कांग्रेसवाट निर्वाचित अध्यक्ष कुलप्रसाद संग्रौलाले पनि उमेद्वारी दिने भएका छन् ।

२०१२ साल भाद्र २६ गते पिता हरिप्रसाद संग्रौला र माता स्व. कृष्ण माया, स्व.पवित्रा संग्रौलाका १० छोरा, ८ छोरीमध्येका काइला छोराका रुपमा पाँचथरको साविक पञ्चमी गा.वि.स. वडा नं ९ सिंबुवा हालको हिलिहाङ गाउँपालिका वडा नं. ४ मा जन्मनु भएका कुलप्रसाद संग्रौला विद्यार्थी जिवन देखिनै राजनीतिक यात्रामा लागेका थिए । २०४० सालमा तत्कालिन पाँचथरकै अमरपुर गा.वि.स. वडा नं. ६ हाल हिलिहाङ गाउँपालिका वडा नं. २ निवासि पिता शिवकुमार न्यौपाने र माता विजयकुमारी न्यौपानेका ३ छोरा २ छोरी मध्येकी जेठि छोरी विमलाकुमारी न्यौपानेसँग बैवाहिक बन्धनमा वाँधिएका संग्रौला एक छोराका धनि छन् । छोरा किरणबावु संग्रौला पनि आफ्नै रोजगारीका लागि अमेरिकाको वासिंटन राज्यको सियाटलमा कार्यरत छन ।

२०३३ साल देखि २०४३ सालसम्म शिक्षण पेशामा आवद्ध भएर समाज सेवामा तल्लिन संग्रौला तत्कालिन अवस्थामा पनि कसैलाई अन्याय परेको वखत खुलेरै न्यायका पक्षमा वोल्ने गर्थे । नेपाली कांग्रेसको कृयासिल सदस्यता स्व. नेता कृष्ण प्रसाद भट्टराईको हातवाट २०४८ सालमा हाँसिल गरेका संग्रौला, २०४८ सालमै सर्वसहमत क्षेत्रिय प्रतिनिघि हुँदै पार्टीको आठौँँ महाधिवेसन प्रतिनिधि पाँचथर जिल्ला क्षेत्र नं. १ वाट सर्वसम्मत चयन भएका थिए । राजनितिक यात्रालाई थप ब्यवस्थित वनाउदै २०४५ सालदेखि पाँचथर उद्योग वाणिज्य संघको उपाध्यक्षको जिम्मेवारी पछि २०४६ साल देखि २०५६ सालसम्म उद्योग वाणिज्य संघ पाँचथरको अध्यक्ष पद कुसलतापुर्वक संहालेकै समयमा २०४८ साल बैसाख ३ गते सर्बमान्य नेता गणेशमान सिंह एवंम नेपाली कांग्रेस महामन्त्री गिरीजाप्रसाद कोइरालाको पाँचथरको फिदिम सदरमुकाम भ्रमणमा स्वागत समिति सदस्य वनेर कार्यक्रम सफल पर्न अहम भुमिका खेलेका थिए ।

२०४८ साल श्रावण ९ मा नेपाल रेडव्रmसको आजीवन सदस्यता हाँसिल गरेका संग्रौला, २०४८ श्रावण २५ गते पूर्वाञ्चल ढुवानी व्यवसायी संघको सदस्य समेत बनेका थिए । त्यसै गरी २०४९ साल बैशाख ५ मा पाँचथर फिदिम माध्यामिक विध्यालयको संचालक समिती सदस्य, २०५० सालमा पाँचथर बहुमुखी क्याम्पसको संचालक समिति सदस्य, २०५० कार्तिक २२ मा नेपाली कांग्रेस फिदिम नगर कमिटी सदस्य, २०४६ को जन आन्दोलन पछि पाँचथर जिल्ला क्षेत्र नं १ वाट २०४८ सालमा नेपाली कांग्रेस क्षेत्रीय प्रतिनिधी सदस्य, २०५२ साल देखि २०५४ साल सम्म नेपाल उद्योग वाणिज्य महासंघको मेची अञ्चलको केन्द्रिय सदस्य साथै अञ्चल प्रतिनिधी, पाँचथर जिल्ला नेपाल स्काउटको २०५२ साल फाल्गुण ६ गते सल्लाहकार सदस्यमा मनोनित, २०५२ साल असोज ३० गते पाँचथर विद्यावरदान अङग्रेजी बोडिङ स्कुलको संचालक समिती सदस्य, २०५२ साल फाल्गुण २ गते केन्द्रिय खेलकुद परिसदको निर्णय बमोजिम पाँचथर खेलकुद विकास समितिको सदस्य, २०५३ साल श्रावण ९ मा पाँचथर हेल्पिङ हयान्डस नेपालको संचालक समिति सदस्य, २०५७ साल श्रावण २ मा पाँचथर बहुमुखी क्याम्पसको गुरुयोजना निर्माण समितिको सदस्य, वनेका संग्रौला हाल संग्रौला वंश समन्वय तथा समाज कल्याण समितिको केन्द्रिय कोषाध्यक्ष समेत वनेका छन ।

२०५० सालमा झापाको विर्तामोडमा वसाई सरि आएका संग्रौला २०७२ साल चैत्र १० मा ज्येष्ठ नागरिक विर्तामोड नगर समितिको अध्यक्ष वनेका थिए । त्यसै गरी २०७३ चैत्र ६ गते ज्येष्ठ नागरिक जिल्ला संघ झापाबाट जिल्ला संघ सदस्य वनेका संग्रौला निरन्तर सामाजिक सेवामा तल्लित छन् । हाल विर्तामोड नगरपालिका वडा नं. ४ को वडा अध्यक्षको पद संहालेका संग्रौला देश विदेशका थुप्रै महत्वपुर्ण स्थानहरुको अवलोकन भ्रमण गरेका छन् । १९९६ मा नेपाल उद्योग वाणिज्य महासंघ र जापानको सहयोगमा विभिन्न ठाँउ जस्तै जापान, थाइल्याण्ड, हङकङको भ्रमण गरि, २०७२ सालमा अमेरिकाको विभिन्न राज्यको भ्रमणगर्दै नेतृत्व पंतिका लागि राम्रो ज्ञान हाँसिल गरेका छन ।

वडामा अध्यक्षको भुमिका निर्वाह गरिरहँदा आम नागरिकको भलाईका लागि विवाद रहित काम गर्ने सवालमा अब्वल देखिएका संग्रौलाले वडाको विकासका लागि थुप्रै कामहरु सम्पन्न गरिसकेका छन् । वाटो, पुल, कल्भर्ट, विद्युत, खानेपानि लगायतका क्षेत्रमा विशेष काम गरेका संग्रौलाले सामाजिक विकासका क्षेत्रमासमेत विभिन्न वर्गसँग सम्वन्धित कार्यक्रम सञ्चालनमासमेत ध्यान पुर्याएका छन् । लक्षित वर्गका लागि सिपमुलक कार्यक्रम, खेलकुद लगायतका विभिन्न रचनात्मक कार्यक्रमलाई विशेष प्राथमिकतामा राखेर वडावासी आम नागरिकहरुको हितमा कार्यक्रमहरु सञ्चालनमा समेत संग्रौलाले कुनै कसुर वाँकी राखेका छैनन् । नगरका हरेक गतिविधि नजिकवाट नियाल्ने गरेका संग्रौला कार्यपालिका बैठकमासमेत नागरिकको पक्षमा रहेर अडान युक्त विचार राख्ने मध्येमा पर्छन् । पहिला नागरिकको सेवा त्यस पछि मात्र अन्य विषयलाई प्राथमिकता दिने संग्रौलाको नगर सभापतिको उमेद्वारी नगरको पार्टी भित्रको वेथिति तथा विसंगति विरुद्ध पाटि सुदृढिकरण साथै ब्यवस्थित गर्ने लक्ष्यकासाथ रहेको उपसभापतिका उमेद्वार पशुपति राजवंशीले जानकारी दिए ।

कपुरी न्युजले तपाईको समुहले विर्तामोड कांग्रेसको स्वरुप कस्तो वनाउने संकल्प गर्नु भएको छ ? भन्ने प्रश्नमा नेता संग्रौलाले भने “लोकतान्त्रिक विधि, विधान र पद्धतिमा चल्ने गुटबन्दी रहित संगठन त्यसै गरी बैचारीक ब्यक्तित्व, कुशल नेतृत्व, असल आचरण र आर्थिक पारदर्शिता सहितको नेतृत्व त्यसै गरी नगरको समृद्धि, राजनैतिक स्थिरता र लोकतान्त्रिक संविधानको रक्षार्थ लड्ने राजनिति, त्यसैगरी महंगी, कालोबजारी, भ्रष्टचार एवम् सामाजिक विकृति र विसंगति विरुद्ध लड्ने समाज निर्माण त्यसै गरी नैतिकवान, विष्ठावान, अनुशासित एवम् इमान्दार कार्यकर्ताहरुको विर्तामोड कांग्रेस निर्माण गर्ने लक्ष्य रहेको छ ।”

संग्रौलाको समुहवाट विर्तामोड नगरपालिकाको लागि उपसभापतिमा बलराम कार्की र पशुपति राजवंशी सचिवमा दिपेन्द्र राउत र अच्युतदाहाल, सह–सचिवमा धर्मेन्द्र सिटौला र अमोद दाहालको टिम नगर अधिवेशनमा उत्रिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here