केशव राज भण्डारी,
झापा । नेपाली कांग्रेसको १४ औँ महाअधिवेसनमा झापाको विर्तामोड नगरपालिकामा पार्टीको कुसल संगठन विस्तार साथै भेदभाव रहित राजनीतिको विकासका लागि कुलप्रसाद संग्रौला सभापति भएको समिकरणमा सचिव पदमा अटाएका दिपेन्द्र राउत विद्यार्थी राजनीतिवाट उदाएका एक कुसल युवा राजनीतिज्ञ हुन् ।
२०३४ सालमा झापाको साविक अनारमनि गा.विस. वडा नं. २ हालको विर्तामोड नगरपालिका वडा नं. ४ मा पिता स्व.मचिन्द्र राउत तथा माता भिमकला राउतको कोखबाट २ दाजु भाई मध्ये जेठो छोराको रुपमा जन्मेका राउत राजनीतिशास्त्रवाट स्नातक तह काठमाण्डौको रत्न राज्य क्याम्पसवाट उत्तिर्ण गरेका छन् । अखिलको गड मानिने रत्न राज्य क्याम्पसवाट नेपाल विद्यार्थी सघंको राजनीतिमा सामान्य कार्यकर्ता भएर उदाएका राउत २०६२ सालमा चितवनका स्वर्गिय ललितवहादुर खड्का र माता मनसा खड्काकी एकल छोरी अर्चना खड्कासँग वैवाहिक वन्धनमा वाँधिएर १ छोरा र १ छोरीका धनी छन् ।
अध्ययन पश्चात युनिलिभर नेपाल लिमिटेडमा १० वर्षसम्म जागिरे जिवन व्यतित गर्दै सकृय राजनीतिको पाटो पनि सँगसंगै अगाडि वढाएका थिए । त्यस पछि हार्डवेयर व्यवसायवाट राम्रो आम्दानीको श्रोत व्यवस्थापन गर्न सफल राउतको अग्रसरतामा २०६७ सालमा सुरु भएको शिखर साकोसको अध्यक्ष भएर गरामनि, विर्तामोड र राजगढ शाखा साथै शिखर बजार र आइसक्रिम ल्याव स्थापना गरि ४० जनालाई प्रत्यक्ष रोजगारी दिन सफल भएका छन् । जस्ले गर्दा युवालाई देशमै संरक्षण गर्ने राज्यको दायित्वमासमेत योगदान गरेका छन् । राउतको डिजाइनमा नेपाली कांग्रेस झापाका कुसल स्व.नेता लक्ष्मण खड्का लगायतका दिवंगत भएका नेता कार्यकर्ताको सपना साकार पार्ने अठोटका साथ संग्रौला समुहले विभिन्न क्षेत्रमा योजनावद्ध कामको थालनि गरिरहदा लक्ष्मण खड्का जो उहाँको काका हुनुहुन्थ्यो उहाँको जग्गामा लक्ष्मण मार्केट निर्माणिधिन अबस्थामा रहेको छ । हरेक कार्यकर्ता व्यवसायिक बन्नु पर्छ र व्यवसायबाट आर्जन गरेको केही अंश राजनीतिमा खर्च गर्नु पर्ने बिर्तामोड सिटि सेन्टर स्थापना गर्ने सेयर होल्डरसमेत रहेका राउतको धारणा छ ।
विशेष गरेर नेपाली कांग्रेसको राजनीतिमा बाबु देखि छोरा हुँदै नातिसम्म पुरानो राज संस्थाको प्रथा जस्तो पार्टीको नेतृत्व भन्दा पनि दक्ष तथा रक्षम नेतृत्वको विकास गर्दै पार्टीमा वदलाव ल्याउनु पर्ने विचार राख्ने राउत युवाका आकर्षण पनि हुन् । नेपाली कांग्रेसमा जुझारु युवाहरुको सहभागिता वढाउँदै आर्थिक उपार्जनकालागि स्वाभलम्भि वनाउन पार्टीले भुमिका खेल्नु पर्ने तर्क राख्छन् । तर ,राजनीतिनै व्यवसायिकरण हुनु नहुने उनको तर्क छ । कृयाशिल सदस्यलाई गर्व हुने तवरले पाटिका गतिविधि सञ्चालन गर्ने सवालमा विर्तामोडको पुरानो नेतृत्व चुकेको वताउदै यसको विकल्पमा आफ्नो टिम कुलप्रसाद संग्रौलाको नेतृत्व वनाएर अगाडि वढेको उनको भनाई छ ।
संग्रौलाको नेतृत्वलाई सहयोग गरेर नेपाली कांगे्रस विर्तामोडलाई अगाडि वढाउन विर्तामोड नगरपालिकाका वडाका प्रतिनिधी साथै क्षेत्रिय प्रतिनिधीहरुलाई आग्रह गर्दै अबको चार वर्षमा विर्तामोडको कांग्रेसलाई देशकै नमुना वनाउने लक्ष्य र अठोट रहेकोसमेत युवा नेता राउतले जानकारी दिए । नेपाली कांग्रेसको सुविधा सम्पन्न नगरकार्यालय भवन निर्माणसँगै कृयासिल सदस्यहरुले प्रत्यक्ष अनुभति हुने तवरका गतिविधिहरुसमेत प्राथमिकतामा राखेर कार्ययोजनासहित आफ्नो टिमले काम गर्ने राउतको दावी छ । चुनावी मैदानमा उत्रिएका राउत आफ्नो टिमको भिजन र मिसन क्लियर हुँदा मतदाताहरुले विश्वास गर्ने राम्रो आधार स्तम्भ तयार भएको वताउँदै ४ बर्षको कार्यकालमा विर्तामोड कांग्रेस भित्र आमुल परिवर्तन गर्दै सम्पुर्ण सदस्यहरुलाई एकतृत र गतिशिल वनाउँदै विस्तारका लागि आफ्नो टिमले ४ वर्षे कार्ययोजना वनाएर अगाडि वढेको राउतले जानकारी दिए । कुलप्रसाद संग्रौलाको टिम आर्थिक, सामाजिक एबम संगठानिक हिसावमा पनि विर्तामोडका लागि आवश्यकता रहेको हुँदा ४ वर्षको कार्यकाल पछि पार्टीको मुहार परिवर्तन हुने उनको दावी छ । सचिव पदका राउत सफल व्यवसायिक यात्राले आर्थिक पक्ष मजबुत भएका राजनीतिज्ञ हुन् । राजनीतिलाई पेसा नवनाई भ्रष्टचार रहित संग्रौलाको टिम निस्वार्थ समाज सेवामा लाग्नेसमेत वताउँछन् ।
“सवै अट्ट्ने देश, सवैलाई जोड्ने कांग्रेस” भन्ने सिद्धान्तलाई यथार्थतामा लागु गर्नु पर्ने विचार राख्ने राउत पार्टी प्रंतीका युवाहरु मध्ये पनि फरक विचार राख्ने, पार्टी भित्र हुने अन्याय र गुट बन्दिको विरुद्धमा विद्रोह गर्ने मध्येमा अग्रपंतिमा पर्ने गरेका छन् । जेष्ठनागरिक, युवा, वालवालिका साथै विद्यार्थीहरुका क्षेत्रमासमेत विशेष कार्यक्रम सञ्चालनको भिजनसहित संग्रौलाको टिम मतदाताहरुलाई मतकालागि आग्रह गर्दै घरदैलो अभियानमा जुटेको छन् । संग्रौलाको टिमले आफुहरु १४ औँ महाधिवेशनमा निर्वाचित भए अर्को कार्यकालकाला लागि नयाँ नेतृत्व चयन हुनेसमेत घोषणा गरिसकेको छ । जस्ले गर्दा पार्टीमा कृयाशिल नयाँ अनुहारहरुले पार्टी सञ्चालनको अवसर पाउने देखिन्छ ।





