काठमाडौँ, असोज ९ । चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी-२० क्रिकेट आजदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुँदैछ ।
पहिलो खेल ललितपुर प्याट्रिओट्स र काठमाडौं किंग्स -११ बीच हुँदैछ । खेल मध्याह्न १२ बजे सुरु हुनेछ ।
कुशल भुर्तेलको कप्तानीमा मैदान उत्रने ललितपुर जितबाट प्रतियोगिताको सुरुवात गर्न चाहन्छ । काठमाडौं सन्दीप लामिछानेको कप्तानीमा मैदान उत्रनेछ ।
काठमाडौं पनि सुखद सुरुवात गर्ने योजनामा हुनेछ ।





