सुनसरी,असोज ९ । सुनसरीमा छुरा प्रहार गरी छिमेकीको हत्या भएको छ । ईटहरी उपमहानगरपालिका ३ सुनौलो टोलका ६२ वर्षीय देवीप्रसाद अधिकारीले छुरा प्रहार गरी २१ वर्षीय राजु थापाको हत्या गरेका हुन् ।
शुक्रबार बेलुका साढे ४ बजे सामान्य घरयासी विवाद हुँदा अधिकारीले छातीमा छुरा प्रहार गर्दा गम्भिर घाइते भएका थापालाई उपचारको लागी घोपा धरानमा पुर्याउन साथ मृत्यु भएको थियो । घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय ईटहरीबाट प्रहरी टोली खटि हत्या गर्ने देवीप्रसाद अधिकारीलाई पक्राउ गरेको थियो । पक्राउ परेका अधिकारी समेत घाइते भएकाले प्रहरीको निगरानीमा उपचार भईरहेको छ ।
ईलाका प्रहरी कार्यालय ईटहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर सूचना समन्वय अधिकृतर तथा प्रहरी प्रवक्ता नविनराज राईले जनाउनुभएको छ ।





