काठमाडौं, असोज ३ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा ५३१ जनाको कैद कट्टा गरी माफी मिनाहा गर्नुभएको छ । संविधान दिवसको अवसरमा ५३१ जना कैदीलाई थुनामुक्त गर्ने निर्णय गरिएको हो ।
मन्त्रिपरिषद्को भदौ २९ मा कैद मिनाहा गर्न सिफारिस गरेको थियो । सो सिफारिसका आधारमा आइतबारबाट लागु हुनेगरी कैद माफी गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।





