संविधान दिवसको अवसरमा राष्ट्रपतिद्वारा ९०३ जनालाई विभूषण प्रदान


३ आश्विन २०७८, आईतवार ११:१४ मा प्रकाशित

काठमाडौं, असोज ३ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका अवसरमा ९०३ जनालाई विभिन्न विभूषण, अलंकार र पदक प्रदान गर्नुभएको छ ।

नेपालको संविधानको धारा २७७ को उपधारा (१) बमोजिम गत भदौ २९ गतेको मन्त्रिपरिषद्का सिफारिसमा उहाँले ती विभूषण प्रदान गर्नुभएको हो ।

नेपाल रत्न एकजनालाई, राष्ट्र गौरव दुईजनालाई, महाउज्ज्वल राष्ट्रदीप प्रथम श्रेणी पाँचजनालाई, सुप्रसिद्ध प्रवल जनसेवाश्री प्रथम श्रेणी पाँचजनालाई, उज्ज्वल कीर्तिमय राष्ट्रदीप द्वितीय श्रेणी एकजनालाई, प्रसिद्ध प्रवल जनसेवाश्री द्वितीय श्रेणी २४ जनालाई, सुकीर्तिमय राष्ट्रदीप तृतीय श्रेणी ३९ जनालाई, सुप्रवल जनसेवाश्री तृतीय श्रेणी १६१ जनालाई, कीर्तिमय राष्ट्रदीप चतुर्थ श्रेणी आठजनालाई, प्रवल जनसेवाश्री चतुर्थ श्रेणी ३१९ जनालाई र जनसेवाश्री पञ्चम श्रेणी १९० जनालाई प्रदान गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

यसैगरी, राष्ट्र यशोवद्र्धक अलंकार चारजनालाई, नेपाल सेवा प्रवीण दुईजनालाई, समाजसेवा रत्न २१ जनालाई, नेपाल प्रताप सुभूषण ३४ जनालाई, अतिपौरख भास्कर सातजनालाई, नेपाल प्रताप आभूषण २४ जनालाई, महापौरख भास्कर तीनजनालाई र नेपालप्रताप भूषण १६ जनालाई प्रदान गर्नुभएको छ ।

राष्ट्रपतिले राष्ट्रसेवा पदक प्रथम श्रेणी तीनजनालाई, सुकीर्ति पदक १० जनालाई, सगरमाथा पदक सातजनालाई, वीरता पदक सातजनालाई, विकासरत्न पदक एकजनालाई र प्राकृतिक प्रकोप पीडितोद्धार पदक नौजनालाई प्रदान गर्नुभएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here