आईपीएलका बाँकी खेल आजबाट सुरु हुँदै, चेन्नई र मुम्बई प्रतिस्पर्धा गर्दै


३ आश्विन २०७८, आईतवार ११:३० मा प्रकाशित

झापा, असोज ३ । कोरोना भाइरसको संक्रमण बढ्को भन्दै रोकिएका इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी–ट्वान्टीका बाँकी खेलहरु आइतबारबाट सुरु हुँदैछ ।

आईपीएलको बाँकी खेल युएईमा आजबाट सुरु लागेको हो । आज हुने पहिलो खेलमा चेन्नई सुपर किङ्सले मुम्बई इन्डियन्ससँग प्रतिस्पर्धा गर्ने छ ।

दुबईमा हुने चेन्नई र मुम्बईबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ । आजको खेलमा दुबै टोली जित निकाल्ने योजनामा हुनेछन् ।

प्लेअफमा पुग्न आजको खेलमा दुबै टोलीलाई जित आवश्यक छ । पहिलो खेलमा मुम्बईले चेन्नईलाई ४ विकेटले पराजित गरेको थियो ।

यसअघिको खेलमा चेन्नई ७ खेलमा १० अंक जोडेर लिगको दोस्रो स्थानमा रहेको छ । मुम्बई ७ खेलमा ८ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

शीर्ष स्थानमा रहेको दिल्ली क्यापिटल्सको ८ खेलमा १२ अंक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here