बिर्तामोड । झापाको हल्दिबारी गाउँपालिकाले आफ्नो पालिका भित्रका उद्योगी तथा व्यवसायीलाई कोभिड –१९ विरुद्वको खोप लगाउने भएको छ ।
हल्दिबारी उद्योग वाणिज्य संघले उद्योगी,व्यवसायीहरुको लागि खोप व्यवस्थापन गर्न गाउँपालिकालाई आग्रह गरेको थियो । हल्दिबारीमा करीब १ हजारको संख्यामा उद्योगी,व्यवासायी रहेको जनाइएको छ ।उद्योगी सुमन मैनालीको अध्यक्षतामा केहि महिना अघि हल्दिबारी उद्योग वाणिज्य संघ गठन भएको हो ।संघ गठन पछि उद्योग तथा व्यवसाय क्षेत्रको उन्नतीको लागि विभिन्न कार्यहरुलाई अघि बढाइएको अध्यक्ष मैनालीले बताउनु भयो ।
गाउँपालिकाले सूचना प्रकाशित गर्दै भदौ २७ र २८ गते ५० वर्ष भन्दा माथिका,१८ वर्ष भन्दा माथिका विद्यार्थी र उद्योगी,व्यवसायीहरुलाई कोरोना विरुद्वको भेरोसिल खोप लगाउने जनाएको छ ।गाउँपालिका भित्र विभिन्न उद्योग,व्यवसाय सञ्चालन गर्दै आएका सबैलाई तोकिएको केन्द्रमा खोप लगाउन जान वाणिज्य संघका अध्यक्ष मैनालीले आग्रह गर्नु भएको छ ।






