नवनियुक्त मुख्यमन्त्री भीम आचार्यद्वारा शपथ ग्रहण


१० भाद्र २०७८, बिहीबार १५:१३ मा प्रकाशित

विराटनगर,भदौ १० । प्रदेश–१ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नु भएको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले उहाँलाई शपथ ग्रहण गराउनु भएको हो ।

मुख्यमन्त्री शेरधन राईले राजीनामा दिइपछि उहाँ नेकपा एमालेको संसदीय दलको नेतामा सर्वसम्मत चयन हुनुभएको थियो ।

यसअघि शेरधन राईसँग २ मत अन्तरले पराजित भएका आचार्यलाई राईकै समर्थनमा पुन:संसदीय दलको नेता हुँदै मुख्यमन्त्री बन्ने बाटो खुलेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here