वाग्मतीको प्रदेश प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त


४ भाद्र २०७८, शुक्रबार १४:४२ मा प्रकाशित

काठमाडौं, भदौ ४। राष्ट्रपति विद्या भण्डारीले वाग्मती प्रदेशको प्रदेश प्रमुखमा सिफारिस गरेका यादवचन्द्र शर्मालाई नियुक्त गर्नुभएको छ। सरकारको सिफारिसमा राष्ट्रपतिले शुक्रबार यादवचन्द्र शर्मालाई प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको हो ।

यसअघि उहाँले वाग्मती प्रदेशमा बहालमा रनुभएका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई पदमुक्त गर्नुभएको छ।

“सम्मानीय रापष्ट्रपति विद्यादेवी भण्डारीज्यूले नेपाल सरकार, मन्त्रिपरिषदको मिति २०७८/५/३ को निर्णय एवम् सम्मानीय प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा १६३को उपधारा (२) बमोजिम श्री यादवचन्द्र शर्मा, शंखुवासभालाई वाग्मती प्रदेशको प्रदेश प्रमुखमा नियुक्ति गर्नुभएको छ,” राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here