एजेन्सी, भदौ ३ । आफ्ना सबै नागरिकको उद्धार नभएसम्म अमेरिकी सैनिक अफगानिस्तानमै रहने अमेरिकी राष्ट्रपति जो बाइडेनले बताउनु भएको छ ।
उहाँले एक टेलिभिजनको अन्तर्वार्ताका क्रममा तोकिएको मितिभन्दा अगाडि आफ्ना नागरिकलाई उद्धार गर्न नसके त्योभन्दा पछिसम्म पनि अमेरिकी सेना अफगानिस्तानमा रहने बताउनु भएको हो ।
अमेरिकाले यसअघि अगस्ट ३१ तारिखसम्ममा अमेरिकी सेना फर्काइसक्ने घोषणा गरेको थियो । तर सोही अवधिसम्म सबै नागरिकलाई फर्काउन नसके थप समय आफ्ना सेना अफगानिस्तानमा रहने बाइडेनले बताउनु भएको हो ।
अफगानिस्तानमा हालसम्म १० हजारदेखि १५ हजार अमेरिकी रहेको अनुमान गरिएको छ ।





