झापाका दुई छुटै स्थानबाट लागूऔषध ब्राउन सुगरसहित ४ जना पक्राउ


२ भाद्र २०७८, बुधबार ११:१३ मा प्रकाशित

झापा, भदौ २ । झापाको बिर्तामोडको दुई छुट्टा छुटै स्थानबाट लागूऔषध ब्राउन सुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । मङ्गलबार बेलुका ४ बजे बिर्तामोड ५ जात्रुबारीबाट ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले प्रक्राउ गरेको हो ।

प्रक्राउ पर्नेमा बिर्तामोड ५ जात्रुबारी बसोबास गर्ने २० बर्षीय रतन राजबंशी र २४ बर्षीय सुरज चौधरीलाई ३ ग्राम ३० मिलि ग्राम लागूऔषध ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

त्यस्तै मङ्गलबार बेलुका ५ बजे बिर्तामोड १ चारपानेबाट सोही कार्यालयबाट खटिएको प्रहरी टोलीले बिर्तामोड १ कै देवी तामाङ र बिर्तामोड ५ कि २१ बर्षीया सिता खतिवडालाई ४ ग्राम ४५ मिलीग्राम लागूऔषध ब्राउन सुगरसहित पक्राउ गरिएको छ ।

पक्राउ पर्ने चारै जनाको थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here