सुनको भाउ तोलामा चार सय रुपैयाँले वृद्धि


१ भाद्र २०७८, मंगलवार १२:३१ मा प्रकाशित

काठमाण्डौ, भदौै १ । सुनको भाउ आज तोलामा चार सय रुपैयाँले वृद्धि भएको छ ।

हिजो तोलामा ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ९१ हजार रुपैयाँमा पुगेको छ ।

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी १२ सय १० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here