एमाले वरिष्ठ नेता नेपालले आज आफूनिकट जनवर्गीय संगठनलाई विशेष सम्बोधन गर्ने


१ भाद्र २०७८, मंगलवार ११:४५ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आज आफूनिकट जनवर्गीय संगठनलाई विशेष सम्बोधन गर्ने हुनु भएको छ ।
एमाले पार्टी विभाजनको अन्तिम रस्साकस्सी चलिरहेका बेला दिउँसो पौने चार बजे वरिष्ठ नेता नेपालले जुममार्फत जनवर्गीय संगठनलाई विशेष सम्बोधन गर्न लाग्नु भएको हो ।उहाँको सचिवालयले भने नेता नेपालले राजनीतिक रस्साकस्सी सन्दर्भमा नभई पूर्वनिर्धारित कार्यतालिका अनुसार सम्बोधन गर्न लागेको जनाएको छ ।

एमालेमा अध्यक्ष केपी शर्मा ओलीसँग मिल्न नसकिने निष्कर्षसहित माधव नेपाल नयाँ पार्टी निर्माणको तयारीमा रहनु भएको छ ।नयाँ पार्टीका लागि आन्तरिक तयारी गरिरहेका नेपालले आज निकट नेता कार्यकर्ताहरूलाई त्यसबारे औपचारिक सम्बोधन गर्न लाग्नु भएको हो ।

माधव नेपालको आग्रहमा पार्टी विभाजनका लागि सजिलो हुने गरी अध्यादेश ल्याउन सरकारले तयारी गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here