काबुलबाट नेपालीको उद्धार, १२७ जना स्वदेश फिर्ता


१ भाद्र २०७८, मंगलवार ११:३३ मा प्रकाशित

काठमाण्डौ । काबुलबाट उद्धार गरेका १ सय २७ जना नेपाली स्वदेश आइपुगेका छन् । अमेरिकी चार्टर्ड बिहानमा उनीहरू बिहान सवा १० बजे त्रिभुवन विमानस्थलमा आइपुगेको विमानस्थल कार्यालयले जनाएको छ ।

अमेरिकी दूतावासमा सुरक्षागार्डका रूपमा रहेका ३८५ नेपालीलाई अमेरिकाले त्यहाँबाट उद्धार गरि कतारको दोहा पुर्याएको थियो । तीमध्ये १ सय २७ जना अघि बिहान आइपुगेका हुन् । उनीहरूलाई दोहाबाट कुवेतको अल–जजिरा विमानस्थलबाट नेपाल ल्याइएको हो । उद्धार गरिएका अन्यलाई पनि स्वदेश ल्याउने तयारी भइरहेको छ ।

स्वदेश ल्याइएकाहरुलाई प्रक्रिया पुर्याएर घर पठाउने परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार नेपाल ल्याइएकाहरुको स्वास्थ्य जाँच गरेर कोरोना सङ्क्रमण भएमा उपचार पछि मात्र घर पठाइने र सङ्क्रमण नभए सिधै घर पठाइने जनाइएको छ । अफगानिस्तानमा अझैै धेरै नेपालीहरु उद्धारको पर्खाइमा छन्।

विदेशी नियोगहरुमा कार्यरत नेपालीलाई सम्बन्धित देशले उद्धार गरेर सुरक्षित ठाउँमा राखेको जनाएका छन् भने नेपालले पनि सम्पर्कमा आउन आग्रह गरिरहेको छ । अफगानिस्तानमा रहेका १ सय ३४ नेपालीले आफ्नो विवरण टिपाइसकेका छन् ।

कन्सुलर सेवा विभागको वेबसाइट, मोबाइल नम्बर तथा भाइबर, ह्वाट्सएपमार्फत विवरण टिपाउन सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here