प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ बीच छलफल चल्दै


२४ श्रावण २०७८, आईतवार १२:३० मा प्रकाशित

प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न​ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुग्नु भएको छ ।

सरकारलाई पूर्णता दिने र गठबन्धनले सार्वजनिक गर्न लागेको न्यूनतम साझा कार्यक्रमबारे छलफल गर्न प्रचण्ड बालुवाटार पुगेका हुन्। बिहान १० बजेपछि प्रधानमन्त्री देउवा र प्रचण्डबीच छलफल चलिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रचण्डले आजै बिहान सिन्धुपाल्चोकका बाढी पीडितसँग आफूहरू सरकारलाई पूर्णता दिने विषयमा केन्द्रित रहेको बताउँदै छलफल गर्न बालुवाटार जान लागेको बताउनु भएको थियो ।

देउवा नेतृत्वको गठबन्धनको सरकार गठन भएको महिना दिन पुग्न लाग्दासमेत मन्त्रिपरिषद्‌ले पूर्णता पाउन सकेको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here