राष्ट्रीय युवा संघ नेपालद्वारा बिर्तामोड नगरपालिकालाई ज्ञापन पत्र


१९ श्रावण २०७८, मंगलवार १९:०३ मा प्रकाशित

झापा । राष्ट्रीय युवा संघ नेपाल बिर्तामोड नगर कमिटिले बिर्तामोड नगरपालिकालाई विभिन्न मागहरु सहितको ज्ञापन पत्र बुझाएको छ ।
गत शुक्रवार कोरोना विरुद्वको भेरोसेल खोपसहित नगरका कोभिड फोकल पर्सन ओमबहादुर खड्का
होटल टाइमलेस मोमेन्टमा भेटीएको विषयमा गम्भिर ध्यानाकर्षण भएको जनाउँदै युवा संघले नगरप्रमुख ध्रुवकुमार शिवाकोटी र प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाद दाहाललाई ज्ञापन पत्र बुझाएको हो ।मंगलबार नगरपालिकाको कार्यालयमा पुगेर युवा संघ बिर्तामोडका नगरकमिटि अध्यक्ष पारस संग्रौला,नगर इन्चार्ज केशव भण्डारी,केन्द्रिय स्थायी कमिटि सदस्य अनिता कन्दङ्गबा,युवा परिषद झापा अध्यक्ष मदन बुढाथोकी सहितको टोलीले ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापन पत्रमा विभिन्न १० बुँदे मागहरु राखिएको छ ।जसमा कोभिड खोप लगाईसकेका र बाँकी व्याक्तिहरुको विवरण सार्वजनिक गर्नु पर्ने,स्वास्थ्य शाखा र आर्थिक व्यवस्थापनसंग सम्बन्धित निर्णय,नगरले स्थापना गरेको आइसोलेसन तथा स्वास्थ्य सेवाको अवस्था,नगरलाई हालसम्म प्राप्त भएको कोरोना विरुद्वको खोप तथा खर्चको विवरण,कोभिड–१९बाट मृत्यु भएकाको परिवारको सदस्य,अपाङ्ग,अशक्त,दिर्घ रोगी र ८० वर्ष नाघेका वृद्व वृद्वाहरुलाई घर–घरमै कोभिड विरुद्वको खोप लगाउने कार्य गर्नु पर्ने रहेको छ ।

यस्तै कोभिड–१९को महामारीमा अहोरात्र खटिने स्वास्थ्यकर्मी,सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीहरुलाई उच्च मनोवलका साथ काम गर्ने वातावरण सृजना गर्नु पर्ने,बिर्तामोडको नगर अस्पतालमा औषधी विक्री कक्षको विवाद र छानविन समितिको प्रतिवेदन सार्वजनिक गर्नु पर्ने,नगरका १० वटै वडामा कोरोना विरुद्वको खोप केन्द्र स्थापना गर्नु पर्ने,राष्ट्रिय युवा संघ नेपालका सदस्यहरुलाई स्वयम सेवकको भुमिकामा राख्नु पर्ने तथा आइसोलेसन,खोपकेन्द्र लगायतका सार्वजनिक महत्वको क्षेत्रमा,राष्ट्रिय युवा संघ तथा विद्यार्थीहरुलाई जिम्मेवारी प्रदान गर्नु पर्ने मागहरु रहेका छन् ।

ज्ञापन पत्र ग्रहण गर्दै नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले कोरोना विरुद्वको खोप होटलमा भेटीएको विषयमा जिल्ला प्रशासन कार्यालयद्वारा गठित छानविन समितिले काम गरीरहेको बताउनु भयो ।उहाँले खड्का दोषि ठहरीए आवश्यक कार्वाही गर्ने प्रतिवद्वतासमेत जनाउनु भएको छ ।

नगरपालिकाले खड्कालाई कोभिड संयोजकबाट यसअघिनै हटाईसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here