काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग नेता नेपालले भेटवार्ता गर्ने तयारी गरिरहँदा भेट भएको दुवै नेताको सचिवालयले पुष्टि गरेको छ।यद्यपी भेट भएको ठाउँ भने सचिवालयका कर्मचारीहरूले खुलाएका छैनन्। दुई नेताबीच कोटेश्वरस्थित नेपालको निवासनजिकै एक व्यापारीको घरमा भेट भएको स्रोतको भनाइ छ।
एमालेमा विवाद समाधान प्रयास जारी रहँदा प्रचण्डले दिन बिराएर नेता नेपाललाई भेट्दै आउनु भएको छ ।सत्ता गठबन्धनले एमालेको नेपाल पक्षलाई पनि सरकारमा सहभागी गराउने प्रयास गरिरहेको छ।
नेपाल पक्षलाई पनि सरकारमा सहभागी गराएर मन्त्रिपरिषद विस्तार गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको तयारी छ। एकताको प्रयासमा एमाले अध्यक्ष केपी शर्मा ओली र नेता नेपालबीच आजै भेटवार्ताको तयारी भइरहेको छ।





