एनआरएनए माल्टाको वरिष्ठ उपाध्यक्षमा झापाका नविन गिरी निर्वाचित


१८ श्रावण २०७८, सोमबार २१:१२ मा प्रकाशित

माल्टा । गैह्र आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय समिति माल्टाको आगामी २ बर्षे कार्यकालका लागी निर्बाचन सम्पन्न भएको छ।

साझा र समाबेशी २ प्यानल गरी भएको निर्वाचनमा साझा प्यानलका भुवन अर्याल कुल ३३८ मत ल्याई अध्यक्षमा निर्वाचित भएका छन् भने उनका प्रतिद्वन्द्वी रेमलाल खनालले कुल ३२१ मत प्राप्त गरेका छन्।त्यस्तै केन्द्रीय सदस्यमा राजु अर्याल(बाबु) ले कुल ३४६ मत ल्याई निर्वाचित भएका छन् भने उनका प्रतिद्वन्द्वी प्रकाश भण्डारीले कुल ३०८ मत प्राप्त गरेका छन्।त्यस्तै अन्य पदहरुमा बरिष्ठ उपाध्यक्षमा नबिन गिरी,उपाध्यक्षमा नरेश खनाल,कृष्ण बहादुर पुन,महिला उपाध्यक्ष सबिता भण्डारी,युबा उपाध्यक्षमा रोहित गौतम,महासचिवमा रोशन गिरी,सचिबमा कुलचन्द्र गौतम,रामु भण्डारी,कोषाध्यक्षमा मनोज उपाध्याय,युवा संयोजकमा रोशन आचार्य,महिला संयोजकमा बबिता अधिकारी लगायत सदस्यहरुमा ओमलाल पाण्डे,ईशु थापा,जनक श्रेष्ठ,बिकेश घिमिरे,सुनिल राणामगर र रञ्जित गिरी निर्वाचित भएका छन्।सहकोषाध्यक्ष भने यसअघि नै बिजय परियार निर्विरोध चयन भएका थिए।

कुल ७५८ जना मतदातामध्ये ६६९ सहभागि भएको उत्त मतदानमा सबैभन्दा धेरै मत बरिष्ठ उपाध्यक्ष नबिन गिरीले ल्याएका छन्।गिरीले कुल ३८६ मत प्राप्त गरेका छन्।झापा हल्दीबारी गाउँपालिका ३ का गिरी लामो समयदेखी माल्टामा रहेर नेपालीहरुबिच परिचित छन्।

गिरी यसअघिका पनि उपाध्यक्ष हुन् ।गिरीले आफ्नो क्षमता,बुद्धी,समय अनि परिस्थितिले भ्याएसम्म सबै माल्टाबासी नेपालीहरुलाई सधै साथ सहयोग गर्ने र सबै बर्ग,संगठनहरुसँग मिलेर अघि बढ्दै सबैलाई एकिकृत गर्ने बताउनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here