विराट–अर्जुनले मनायो स्थापना दिवस


१३ श्रावण २०७८, बुधबार १०:४९ मा प्रकाशित

झापा । बिर्तामोडमा रहेको विराट–अर्जुन उपभोक्ता सहकारी संस्थाले आफ्नो स्थापना दिवस मनाएको छ ।
बुधबार अर्जुनधारा नगरपालिका ६ कप्तानबारीमा रहेको अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रमा पुगेर संस्थाको पदाधिकारी सहितको टोलीले सहयोग हस्तान्तरण गरेर स्थापना दिवस मनाएको हो ।

एक औपाचारीक कार्यक्रमकोे विच संस्थाले अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रका सञ्चालक कृष्ण दुलाललाई खाद्यन्न सामाग्री चामल,तेल,मह,ग्लुकोज,न्युटेला,विद्यार्थीहरुको लागि कापी तथा मास्क,सेनीटाइजर लगायतका सामाग्री हस्तान्तरण गरेको हो ।

संस्थाका अध्यक्ष नविन खरेलले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सामाग्री हस्तान्तरण गरेको बताउनु भयो ।स्थापना दिवसको अवसरमा गएका वर्षहरुमा रक्तदान लगायतका विभिन्न सामाजिक कार्य गर्दै आएको बताउँदै उहाँले यस वर्ष कोरोना महामारीकोकारण गर्न नसकिएको बताउनु भयो ।अध्यक्ष खरेलले अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रको लागि संस्थाले आगामि दिनमा समेत सहयोग गर्ने प्रतिवद्वता जनाउनु भयो ।

कार्यक्रममा अर्जुनधारा नगरपालिका वडा नम्बर ६का सदस्य अर्जुन मेचे,संस्थाका उपाध्यक्ष यादव ओली,सचिव डिल्लीराम प्रसाई,सदस्यहरु वद्री ओली,कृष्ण कुइकेल,संजोग खरेल,रामवावु सुवेदी,दिपेश प्रसाई,मीना खरेल(कट्टेल),सन्तकुमार शर्मा (सुमन शर्मा जमरकट्टेल),पंकज खेरल, व्यवस्थापक कमला आचार्य र कर्मचारी मुना खड्का लगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here