झापा । बिर्तामोड नगरपालिकाका नगरप्रमुख धुर्वकुमार शिवाकोटीले कोरोना भाइरसविरुद्धको खोप लगाउनु भएको छ ।
मंगलबार विहान वडा नम्बर ५को खोप केन्द्र देवी माध्यमिक विद्यालयमा पुगेर नगरप्रमुख शिवाकोटीले पहिलो डोज भेरोसेल खोप लगाएर खोप कार्यक्रमको उद्घाटन गर्नु भएको हो ।नगरप्रमुख शिवाकोटीको उमेर ६४ वर्ष रहेको छ ।

बिर्तामोडमा सोमबार देखि ५५ वर्ष र सो भन्दा माथिको उमेर समुहलाई भेरोसेलको पहिलो डोज खोप कार्यक्रम सञ्चालन गरीएको हो ।
नगरपालिकाले वडा नम्बर १ र २मा मोहनमाया माध्यमिक विद्यालय,वडा नम्बर ३ र ४मा महेन्द्र रत्न माध्यमिक विद्यालय,वडा नम्बर ५मा देवी माध्यमिक विद्यालय,वडा नम्बर ६मा सरस्वती माध्यमिक विद्यालय,वडा नम्बर ७,८,९मा दुर्गा माध्यमिक विद्यालय र वडा नम्बर १०मा महेन्द्र ज्योति माध्यमिक विद्यालयमा खोप केन्द्र सञ्चालन गरेको छ ।
मंगलबार र बुधबार विहान १० बजेदेखि अपरान्ह ४ बजे सम्म खोप लगाइने कार्यक्रम रहेको बिर्तामोड नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
नगरपालिकाले खोप लगाउन आउँदा बिर्तामोड नगरपालिका ठेगाना खुल्ने नागरिकता प्रमाण पत्र,मतदाता नामावली, परिचय पत्र वा बसाई सराईको प्रमाण पत्र लिएर आउन सबैलाई आग्रह गरेको छ ।





