कोभिड १९ विरुद्धको खोप लगाउन विद्युतिय दर्ता नम्बर आवश्यक पर्ने


९ श्रावण २०७८, शनिबार १२:२५ मा प्रकाशित

काठमाडौं । अब कोभिड १९ विरुद्धको खोप लगाउन विद्युतिय दर्ता नम्बर आवश्यक पर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको १ साउनको पत्र अनुसार स्वास्थ्य कार्यालय काठमाडौले विद्युतिय नम्बर दर्ता नम्बर भएमात्र खोप लगाउन पाउने निर्णय गरेपछि विद्युतिय दर्ता नम्बर आवश्यक पर्ने भएको हो ।स्वास्थ्य कार्यालयकाले सूचना जारी गरेर ५० वर्ष वा सो भन्दा मुनिका नागरीकले खोप लगाउन विधुतिय दर्ता नम्बर ल्याउनुपर्ने जनाएको छ ।

कार्यालयका अनुसार १८ वर्ष देखी ५० वर्षका नागरीकले विद्युतिय दर्ता नम्बर लिएर खोप लगाउन आउनुपर्ने हुन्छ । सबैलाई अनलाइन दर्ता गरी सो नम्बर लिएर आउन समेत अनुरोध गरीएको छ ।सबै पालिकामा सोही अनुसार खोप कार्यक्रम संचालन गर्न पनि भनिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here