आन्दोलनरत किसानसँग फेरि वार्ता गर्न सरकार तयार


८ श्रावण २०७८, शुक्रबार १२:२९ मा प्रकाशित

काठमाण्डौ ।   भारतमा आन्दोलनरत किसानसँग फेरि वार्ता गर्न सरकार तयार भएको छ । कृषि मन्त्री नरेन्द्र तोमरले आफूहरु किसानसँग फेरि वार्ताका लागि तयार रहेको बताउनु भएको हो ।

उहाँले विवादमा तानिएको कृषि कानुनमा कुनै हानी पुर्याउने प्रावधान भए त्यसलाई समाधान गर्न पनि तयार रहेको बताएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।तर,उहाँले  यो कानुनले किसानकै फाइदालाई समेटेको दाबी भने गर्नु भएको छ ।

उहाँले आन्दोलन छोडेर वार्तामा आउन पनि किसानलाई आग्रह गर्नुभएको छ ।६ महिना अगाडि सरकार र किसानबीच भइरहेको वार्ता रोकिएको थियो ।त्यसयता कुनै पनि वार्ता हुन सकेको छैन ।भारतमा हिजो किसानले संसद भवन बाहिर विरोध प्रदर्शन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here