‘ज्ञानुरामले देखाएको पथलाई कदापी भुल्न सक्दैनौ’-अर्जुन मैनाली


५ श्रावण २०७८, मंगलवार ११:३१ मा प्रकाशित

अर्जुन मैनाली,बिर्तामोड ।   झापाली माटोमा फक्रीएको राजनीतिक,सामाजिक तथा व्यवसायिक पात्र ज्ञानुराम प्रसाईको विषयमा झापाली जनमानसहरुले सायदै नसुनेको र नचिनेको होला । झापा र झापालीको लागि मात्र हैन राष्ट्रको लागि वृहत सम्भावना र महत्व बोकेका योद्धा ज्ञानुराम प्रसाई आज हामी माझ रहनु भएन तर उहाँले जीवनका जति बसन्तहरु पार गरी जानुभयो ती समय समग्र समाज र राष्ट्रका लागि सुनौलो र परिणामुखी थिए ।उहाँले यस समाजका लागि दिनु भएको त्याग र योगदानको प्रशंसा र अनुकरण गर्न कोही चुकेको अवस्था छैन ।यसको मतलब हामीले हाम्रो जीवनकालमा ज्ञानुराम प्रसाईले देखाउनु भएको पथलाई दिर्घकालसम्म कदापी भुल्न सक्दैनौ ।

ताप्लेजुङ्ग जिल्लाको थेचम्बुमा जन्म लिई विर्तामोड झापालाई कर्मथलो बनाउनु भएका प्रसाईले आफ्नो छोटो जीवनकालमा यस समाजलाई दिर्घकालसम्म दृष्टान्त बन्ने प्रकृतिका राजनीतिक, सामाजिक र व्यवसायिकक कर्म गरी ब्रम्हलिन हुनु भयो ।भनिन्छ ईश्वरले पनि राम्रा मान्छेलाई पहिला बोलाउँछ,आज ज्ञानुराम प्रसाईको निधनले झापाली माझ यस भनाईलाई पुष्टि गरेको छ ।

सामाजिक रुपमा आफ्नो प्रभाव र राजनीतिक स्वभावको कारणले सबैका लोकप्रीय व्यक्तित्व बन्नुभएका प्रसाई व्यवसायिक सफलताका कारण हामी सबैको आदर्शका उदाहरणको रुपमा रहनुभएको थियो ।व्यक्तिगत स्वभावका हिसाबले विश्वासका विरासतको रुपमा चिन्न सकिन्छ ।निडर स्वभाव र स्पष्ट वक्ताका रुपमा नगर र नगरबासीले उहाँलाई चिरकालसम्म प्रत्येक व्यक्तिको मानसपटलमा गुन्जिरहने नाम हो ज्ञानुराम प्रसाई ।

लामो समयसम्म नेकपा एमालेको नगर कमिटिको अध्यक्षको रुपमा रही कुशल संगठक तथा प्रभावशाली नेतृत्व गर्न सफल, मनमोहन सामुदायिक अस्पताल, देवी उच्च मावि, क्षितिज नाटक घर लगायतका दर्जनौँ सामाजिक, साँष्कृतिक र राजनीतिक संघ संस्थाहरुमा सक्रिय काम गरी ती संस्थाहरुलाई बृहत्तर र बहुमुखी सफलताको उच्च बिन्दुमा पुर्याउन सक्षम व्यक्तित्व हुनुहुन्थ्यो ।

 

नेकपा एमालेको नगर कमिटिको अध्यक्षको रुपमा रही कुशल संगठक तथा प्रभावशाली नेतृत्व गर्न सफल,मनमोहन सामुदायिक अस्पताल, देवी उच्च मावि, क्षितिज नाटक घर लगायतका दर्जनौँ सामाजिक, साँष्कृतिक र राजनीतिक संघ संस्थाहरुमा सक्रिय काम गरी ती संस्थाहरुलाई बृहत्तर र बहुमुखी सफलताको उच्च बिन्दुमा पुर्याउन सक्षम व्यक्तित्व हुनुहुन्थ्यो ।

शिक्षासेवीका रुपमा विर्तामोडको देवी सामुदायिक विद्यालयलाई नेतृत्व प्रदान गरी निजी विद्यालयसँग प्रतस्पर्धा गर्न सफल संस्थाको रुपमा विकास गर्न प्रसाईको योगदान अविष्मरणीय रहेको छ ।भाषा,कला, र संष्कृतिको उत्थान र सम्वर्धनमा विशेष भूमिका खेल्दै क्षितिज नाट्य समूह तथा झापा नाटक घर विर्तामोडलाई पुर्याउनु भएको योगदानको जति चर्चा गरे नी कम हुन्छ ।त्यसैगरी स्वास्थ्य क्षेत्रमा विर्तामोड नगरमा संचालित मनमोहन सामुदायिक अस्पतालमा संचालक समितिमा रही गरिब,विपन्न वर्गको स्वास्थ्योपचारमा आइपर्ने विविध समस्यालाई आफ्नै समस्या सम्झेर सहयोग र समन्वय गर्न सदैव लाग्नुभएको थियो । मधुर बोलीबचन र मिठो मुस्कानका धनी प्रसाई कसैलाई नबिझाउने र मनकारी गुणका खानी हुनुहुन्थ्यो । कसैको दुःखलाई देख्न नसक्ने, सबैलाई समान व्यवहार र सामुहिकतामा विश्वास राख्ने बानीका कारण उहाँ विर्तामोड नगर मात्र हैन समस्त झापाली माझ सतिसाल झैँ युगौँयुगसम्म स्मरणीय रहनु हुनेछ ।

झापाली कम्युनिष्ट आन्दोलन र पार्टी पङितलाई नयाँ आयाम र उत्साह प्रदान गर्न युवा जोश र आन्दोलनको नेतृत्व गर्नुभएका प्रसाईको पार्टी नेतृत्वमा विर्तामोड नगरमा नेकपा एमालेले अत्याधिक मत सहित स्थानीय तहको निर्वाचनमा विजय हासिल गरेको गर्ववान्वित इतिहास हामीसँग रहेको छ ।

ज्ञानुरामसँगको मेरो व्यक्तिगत सम्बन्ध एउटा राजनीतिक सहकर्मीको मात्र नभई पारिवारिक र व्यवसायिक रुपमा पनि अत्यन्त्यै नजिक थियौँ । जिवीत रहँदा उहाँसँग गरेका गफ भेटघाट अनी पारिवारिक भ्रमणमा गर्दाका ती पलहरुले जीवनभर तपाईको याद ताजा र जीवन्त राख्ने नै छ । पछिल्लो पटक पारिवारिक उपचार गर्न हैदराबाद जाने हाम्रो योजना जीवन्त अधुरो रहने भो ।

आफ्नो जीवनकालमा शुरु गरेका यस्ता अनगिन्ती कामहरुलाई बिच मै छोडेर अल्पायुमै ब्रम्हलिन हुनुभएका एक अमर योद्धा कमरेड ज्ञानुराम प्रसाई तपाईले शुरु गर्नुभएका कामहरुको बाँकी अभिभारा हामी पुरा गर्ने छौँ ।

तपाईको जीवीत अनुहार कहिल्यै देख्न नपाएपनि हाम्रो मनमस्तिष्कमा कैद गरिसकेका छौँ । यस दुखद घडीमा सिङ्गो नगर शोकमा स्तब्ध छ ।एउटा परिवारमात्र नभई सिङ्गो नगर तथा परिवार शोकमा डुबिरहेको बेलामा परिवारजनमा शोकलाई सहन गर्ने शक्ति प्राप्त होस् र मृत आत्माको चिरशान्तिको कामना सहित भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु ।

लेखक : बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव हुनुहुन्छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here