एमाले नेपाल पक्ष आजको स्थायी कमिटी बैठकमा पनि अनुपस्थित


३ श्रावण २०७८, आईतवार १३:२५ मा प्रकाशित

काठमाण्डाै ।    एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष आजको स्थायी कमिटी बैठकमा पनि अनुपस्थित भएको छ ।  च्यासलमा रहेको तुलसी स्मृति भवनमा अहिले बैठक बसिरहेको छ । बैठकमा नेपाल पक्षलाई पनि बोलाइएको थियो ।

तर बैठकमा नेपाल पक्षका कुनै नेता सहभागी भएका छैनन् ।यसअघि शुक्रवारको बैठकमा पनि नेपाल पक्ष सहभागी भएको थिएन ।एमालेले आउँदो २५ देखि २७ गते विधान अधिवेशन गर्ने निर्णय गरेको छ ।

आजै प्रतिनिधि सभामा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदै हुनुहुन्छ । देउवालाई विश्वासको मत दिने/नदिनेबारे नेपाल समूह छलफलमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here