जमिन भासिँदा र घर भत्किँदा मुम्बईमा १५ जनाको ज्यान गयो


३ श्रावण २०७८, आईतवार १३:१५ मा प्रकाशित

भारतको मुम्बई शहरमा अविरल वर्षाका कारण जमिन भासिँदा र घर भत्किँदा १५ जनाको ज्यान गएको छ।  शनिबार रातभर पानी परेपछि त्यहाँ विपत्ती निम्तिएको हो।

मुम्बईको वाशी क्षेत्रस्थित एक घरको छत भत्किँदा १२ जनाको मृत्यु भएको हो। उपनर विखरोलीमा पनि भूस्खलन भएपछि झोपडी बगाउँदा तीन जनाको ज्यान गएको मुम्बई प्रहरीले जानकारी दिएको छ।

केही मानिसहरू घाइते भएका र उनीहरूलाई उपचारनिम्ति स्थानीय अस्पतालमा लगिएको बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here