२ हजार ७ सय ६० जना कोरोना संक्रमित थपिए, ३३ जनाको मृत्यु


१७ असार २०७८, बिहीबार १७:४१ मा प्रकाशित

नेपालमा बिहीवार थप २ हजार ७ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ७ हजार १ सय ३० पिसिआर परिक्षणका क्रममा १ हजार ८ सय ५७ र ३ हजार ८ सय ५५ एन्टीजेन परिक्षणका क्रममा ९०३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ७६ हजार ५०९ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप ३३ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ९ हजार १ सय ४५ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै थप ४ हजार १७ संक्रमित निको हुँदा हालसम्म नेपालमा ६ लाख १ सय ४९ संक्रमित निको भएका छन् । हाल नेपालमा ३१ हजार ३६८ सक्रिय संक्रमित आइशोलेशन र ३४५ जना क्वारेन्टाइनमा छन् ।

हालसम्म नेपालमा ३३ लाख ५१ हजार २६३ वटा पिसिआर र १ लाख ९२ हजार ६६६ वटा एन्टीजेन परिक्षण भएको मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here