आजदेखि आन्तरिक उडान सुरु हुँदै


१७ असार २०७८, बिहीबार ०८:०० मा प्रकाशित

निषेधाज्ञाको दुई महिनापछि आजदेखि आन्तरिक उडान सुरु हुँदैछ । बिहान ६ बजेदेखि नै उडान सुरु हुने भनिए पनि खराब मौसमका कारण उडानमा ढिलाइ भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । विमानस्थल कार्यालयका अनुसार लगातार पानी परेका कारण उडानमा ढिलाइ भएको हो ।

मौसममा थोरै सुधार हुनेबित्तिकै उडान हुने विमानस्थलले जनाएको छ । नागरिक उड्डयन प्राधिकरणले दैनिक ६४ वटा उडान गर्न अनुमति दिइ उडान सञ्चालन गर्ने तयारी गरेको हो ।यात्रुहरुले भौतिक दूरी कायम गर्नुपर्ने, हरेक जहाज दश मिनेटमा उडान गर्नुपर्ने, एक पटक उडेपछि स्यानिटाइज अनिवार्य गर्नुपर्ने र यात्रुको लगेजसमेत स्यानिटाइज गरेर मात्र दिने गरी व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ ।

उडानको अनुमति दिइएकामध्ये बुद्ध एअरले ३१, यती एअरले १५, श्री एअर सात, सौर्य एअर तीन र नेपाल एअर दुई, तारा एअर दुई, समिट एअर दुई र सीता एअर दुई गरी दैनिक ६४ वटा उडान रहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।कुल उडान क्षमताको ५० प्रतिशतमा नबढ्ने गरी आन्तरिक हवाई उडान सञ्चालन गर्न प्राधिकरणले हवाई कम्पनीहरुलाई निर्देशन दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here