देशका विभिन्न नदीमा पानीको बहाव बढ्दो


१६ असार २०७८, बुधबार ११:१८ मा प्रकाशित

काठमाण्डाै । देशका विभिन्न नदीमा पानीको बहाव बढ्दो क्रममा रहेको छ ।आज नारायणी,तमोर,भोटेकोशी, सुनकोशीलगायत कोशीका सहायक नदी,त्रिशुली,बुढीगण्डकी,कालिगण्डकी,मर्स्याङ्दीमा पानीको बहाव उल्लेख्य बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै पश्चिम राप्ती,बबईमा सामान्य बढ्ने अनुमान छ ।पूर्वी राप्ती,कमला,वाग्मती र कन्काई जलाधारका केही सहायक नदीमा मध्यमदेखि भारी वर्षा भई बहाव बढ्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।अहिले कोशी,कर्णाली,महाकाली र यसका सहायक नदीमा पानीको बहाव स्थिर रहेको महाशाखाले निकालेको सूचनामा उल्लेख छ ।

आज प्रदेश एकको इलाम,झापा,मोरङ, सुनसरी, पाँचथर,उदयपुर, धनकुटा, भोजपुर, तेह्रथुम, ओखलढुङ्गा, ताप्लेजुङ, प्रदेश दुईका बारा,पर्सा,रौतहट,सर्लाही,महोत्तरी,धनुषा,सिराहा र सप्तरी तथा वाग्मतीका काठमाण्डौसहित धादिङ, मकवानपुर, चितवन, सिन्धुली र रसुवा, गण्डकीका गोरखा,लमजुङ, तनहुँ, स्याङजा,पर्वत, कास्की र बाग्लुङ्ग आसपास जिल्ला भई स–साना नदीमा समेत आकस्मिक बहाव हुन सक्ने भएकाले सतर्कता अपनाउन भनिएको छ ।

(असार-१६)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here