नक्कली ‘ब्लु बुक’ बनाएर बेच्ने गिरोह पक्राउ


१५ असार २०७८, मंगलवार १९:५५ मा प्रकाशित

काठमाडौं । नेपाल प्रहरीले चोरीका गाडीको नक्कली ‘ब्लु बुक’ बनाएर बेच्ने गिरोह पक्राउ गरेको छ ।
महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भारतबाट गाडी चोरी गरि नेपाल भित्राउने र नक्कली काजगातका साथै नक्कली ‘ब्लु बुक’ बनाएर बेच्ने गिरोहलाई पक्राउ गरि सार्वजनिक गरेको हो ।

भन्सार छली चोरी पैठारी गरी काठमाडौंमा गाडी ल्याई नक्कली सवारी दर्ता किताव लगाएतका कागजातहरु तयारी गरि कारोवार हुने गरेको बिशेष सूचनाको आधारमा प्रहरीले दुई वटा हुन्डाइको क्रेटा गाडी नियन्त्रणमा लिएको थियो ।उक्त गाडी प्रयोग गर्ने व्यक्तिबाट अनुसन्धान गर्दै जाँदा ब्लु बुक बनाउनेलाई पनि पक्राउ गर्न सफल भएको महाशाखाका एसएसपी चन्द्र कुबेर खापुङले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा लमजुङ घर भइ सामाखुसी बस्ने कमल बाबु भट्ट,भक्तपुर चागँुनारायण बस्ने मधु सिलवाल र अरुण खड्का तथा मोरङ घर भइ शान्तिनगर बस्ने रेवतीरमण निरौला रहेका छन् । पक्राउ गरेका निरौलाको डेराबाट नक्कली शैक्षिक प्रमाणपत्र, सरकारी कार्यालयका छाप,होला ग्राम,लाइसेन्स, राहदानी लगाएतका सामाग्री बरामद गरिएको खापुङले जानकारी दिनुभयो ।उनीहरुमाथि थप अनुसन्धान भइरहेको खापुङले बताउनु भयो ।

यस्तै प्रहरीले ईटाली पठाईदिन्दु भनी तीनजनासंग ३१ लाख ५० हजार रुपैयाँ रकम लिएर अजरवैजानसम्म पुराई बिचल्ली बनाउन एक जनालाई पनि पक्राउ गरेको छ । पक्राउ गर्नेमा उदयपुर घर भइ बुढानिकण्ठ बस्ने उमेश रेग्मी रहेका प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here