थप १ हजार ९ सयमा कोरोना पुष्टि, ३४ जनाको मृत्यु


१३ असार २०७८, आईतवार १७:४० मा प्रकाशित

नेपालमा आइतबार थप १ हजार ९ सय २० जनामा कोरोना पुष्टि भएको छ ।

देशभर गरिएको ६ हजार पिसिआर परिक्षणका क्रममा १ हजार ३ सय ५३ र ३ हजार ८ सय ३६ वटा एन्टीजेन परिक्षणका क्रममा ५६७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ६५ हजार ७७७ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप ३४ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा ९ हजार ९ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

त्यस्तै थप ३ हजार ७ जना संक्रमण मुक्त हुदा हालसम्म नेपालमा ५ लाख ८४ हजार ३३४ जनाले कोरोना जितेका छन् । हाल नेपालमा ४० हजार ३३६ सक्रिय संक्रमित आइशोलेशन र ३६७ जना क्वारेन्टाइनमा छन् ।

हालसम्म नेपालमा ३३ लाख २३ हजार ३९ वटा पिसिआर र १ लाख ७४ हजार ९४९ वटा एन्टीजेन परिक्षण गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here