पूर्व प्रधानमन्त्री खनाल अस्पताल भर्ना


३१ जेष्ठ २०७८, सोमबार ११:५५ मा प्रकाशित

काठमाण्डाै  । पूर्व प्रधानमन्त्री झलनाथ खनाल नर्भिक अस्पताल भर्ना हुनुभएको छ ।

विगत चार/पाँच दिनदेखि ज्वरो आइरहेको र निमोनिया समेत ठिक नभएकाले उहाँ आज बिहान उपचारका लागि नर्भिक अस्पताल जानुभएको हो ।खनाललाई आकस्मिक कक्षमा भर्ना गरी उपचार थालिएको नर्भिक अस्पतालले जनाएको छ ।

यसअघि कोरोना सङ्क्रमण भएपछि वैशाख १८ गते नर्भिक अस्पतालमा भर्ना भएका खनाल सङ्क्रमणमुक्त भएपछि दश दिनपछि घर फर्कनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here