झापामा आगामी असार ७ गतेसम्मका लागि निषेधाज्ञा थप


३० जेष्ठ २०७८, आईतवार १८:५१ मा प्रकाशित

बिर्तामोड । झापामा आगामी असार ७ गतेसम्मका लागि निषेधाज्ञा थप गरीएको छ ।
जिल्ला प्रशासन कार्यालयमा आईतबार बसेको डीसीएमसीको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।बैठकले निषेधाज्ञा थप गरेपनि जिल्लामा केहि पसलहरुलाई भने खुल्ला गर्न दिने निर्णय गरेको छ ।

खाद्यन्न,फलफूल,माछामासु,दुध डेरी,पुस्तक र हार्डवेयर पसल खुल्ला गर्न दिने निर्णय गरेको हो । यी पसलहरु प्रत्येक दिन बिहान ६ देखि १० बजेसम्म खोल्न पाइने जनाईएको छ ।बैठकले बैंक तथा वित्तीय संस्थालाई न्यूनतम कर्मचारीको उपस्थितिमा स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

डीसीएमसीको बैठकमा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना,सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमाल,श्री नयाँ श्रीनाथ गण चारालीका प्रमुख सेनानी अमरजंग थापा,प्रहरी उपरिक्षक सानुराम भट्टराई,मेची अस्पतालका मेडीकल सुपरीटेन्डेन्ट डा.टंकप्रसाद बारकोटी,जिल्ला समन्वय समितिका भानुभक्त भट्टराई लगायतको उपस्थिति रहेको थियो ।
झापामा पाँचौं हप्ता निषेधाज्ञा थप गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here