काठमाण्डाै । अनलाइनमार्फत शेयर कारोबार गर्नका लागि अहिलेसम्म सात लाखभन्दा धेरैले युजरनेम र पासवर्ड लिएका छन् ।नेपाल स्टक एक्सचेञ्जका अनुसार बजारमा नयाँ लगानीकर्ताको प्रवेश बढिरहेकाले अनलाइन कारोबारको लागि अनुमति लिनेको सङ्ख्या पनि बढिरहेको हो ।
शेयरबजार बढिरहेको र नयाँ पुस्ताको आकर्षणका कारण कारोबारीहरु बढिरहेको नेप्सेले जनाएको छ । आइतवार मात्रै शेयर कारोबार रकम र सङ्ख्याले रेकर्ड बनाएको छ ।आइतवार १९ अर्ब ५५ करोड रुपैयाँ बराबरका तीन करोड ७० लाख ७६ हजार कित्ता शेयर किनबेच भएका छन् ।
एक लाख ८२ हजार चार सय वटा कारोबार भएका थिए ।यसैबीच नेप्सेले दोस्रो बजारमा सहभागी हुँदा आफूले कारोबार गर्न खोजेको कम्पनीको व्यवसाय, व्यवस्थापकीय पक्ष, नाफा नोक्सानको अवस्था लगायतका विषयमा चनाखो रहन पनि सुझाव दिएको छ ।





