२४ घण्टामा थप २४०७ संक्रमित, ४६ जनाको मृत्यु


३० जेष्ठ २०७८, आईतवार १७:३४ मा प्रकाशित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २४०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार ७ हजार ५ सय १७ पीसीआर परीक्षणबाट १ हजार ६९४ र ४ हजार ८ सय ८९ एन्टिजेन परीक्षणबाट ७१३ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ४६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

गत २४ घण्टामा ३ हजार ९९४ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर ६८ हजार ९५५ जना सक्रिय संक्रमित रहेका छन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here