लुम्बिनीमा नीति तथा कार्यक्रम बहुमतले पारित


३० जेष्ठ २०७८, आईतवार १६:४७ मा प्रकाशित

बुटवल । लुम्बिनी प्रदेश सभामा सरकारले पेश गरेको आर्थिक वर्ष २०७८, ८९ को नीति तथा कार्यक्रम पारित भएको छ ।

नीति तथा कार्यक्रम बहुमतले पारित भएको सभामुख पूर्णबहादुर घर्तीले जानकारी दिए ।

आइतबार नीति तथा कार्यक्रममाथि उठेका जिज्ञासामाथि मुख्यमन्त्री शंकर पोखरेलले जवाफ दिएपछि सदनमा सभामुख घर्तीले नीति तथा कार्यक्रम पारित गर्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेका थिए ।

विपक्षी दलहरु नीति तथा कार्यक्रम असफल बनाउने रणनीतिमा रहेपनि सरकारको नीति कार्यक्रम भने पास भएको हो ।

कोभिड–१९ को महामारी नियन्त्रण, व्यवस्थापन र कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मंगलबार प्रस्तुत गरेको थियो ।

दुर्गममा विशेषज्ञ सेवासहितको चिकित्सक खटाउनेदेखि आयुर्वेदिक चिकित्सा पद्धतिलाई प्रभावकारी बनाउने सरकारको नीति छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here