प्रदेश-१ र कर्णाली प्रदेशको बजेट अधिवेशन आजदेखि सुरु हुँदै


२४ जेष्ठ २०७८, सोमबार ०९:५८ मा प्रकाशित

काठमाण्डौ । कर्णाली प्रदेश र प्रदेश-१ को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । सङ्घीय सरकारले बजेट सार्वजनिक गरेको १५ दिनभित्र बजेट ल्याउनुपर्ने कानुनी व्यवस्था छ।

आर्थिक कार्यविधि ऐनअनुसार बजेट ल्याउनुपूर्व १५ दिन पूर्वबजेट छलफल गर्नुपर्ने नियम भए पनि त्यसलाई अध्यादेशमार्फत संशोधन गर्दै प्रदेश सरकारले ढिला गरी बजेट अधिवेशन आह्वान गरेका हुन्। गएको बिहीवार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा प्रदेश-१ का प्रमुख सोमनाथ अधिकारीले आज दिउँसो २ बजेको लागि बजेट अधिवेशनकाे आह्वान गर्नुभएको छ ।त्यस्तै,कर्णाली प्रदेशको समेत बजेट अधिवेशन पनि आजदेखि सुरु हुँदैछ । केही दिनअघि बसेको सर्वदलीय बैठकले प्रदेशसभाको बजेट अधिवेशन अविलम्ब बोलाउन माग गरेको थियो ।

प्रदेश सभाको आठौं (वर्षे) अधिवेशनकाे पहिलो बैठक आज दिउँसो २ बजेका लागि बोलाइएको प्रदेश सभा सचिवालयले विज्ञप्ति निकालेर जानकारी गराएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here