बोको हरामका नेता अबुबाकर शेकाउको ज्यान गएको दाबी


२४ जेष्ठ २०७८, सोमबार १०:०२ मा प्रकाशित

काठमाण्डाै  । नाइजेरियाको विद्रोही समूह बोको हरामका नेता अबुबाकर शेकाउको ज्यान गएको दाबी गरिएको छ ।  बोको हरामका नेता अबुबाकर शेकाउले आफ्नो हत्या आफैँले गरेका अर्को विद्रोही समूहले दाबी गरेको हो ।

विद्रोही समूह इस्लामिक स्टेट वेष्ट अफ्रिका प्रोभिन्सको अडियो रेकर्डिङ्गमा शेकाउले दुई समूहबीचको भिडन्तपछि आफ्नो हत्या गरेको उल्लेख गरिएको बीबीसीले जनाएको छ ।तर,बोको हराम र नाइजेरिया सरकारले उनको ज्यान गएकोबारे कुनै पुष्टि गरेका छैनन् ।

नाइजेरियाको सेनाले यस विषयमा अनुसन्धान भइरहेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here