झापामा निषेधाज्ञा जेठ ३१ गतेसम्मका लागि थप ,आइतबार र बुधवार खाद्यान्न पसल खोल्न पाइने


२० जेष्ठ २०७८, बिहीबार १९:१४ मा प्रकाशित

भद्रपुर । झापामा जेठ ३१ गतेसम्मका लागि निषेधाज्ञा थपिएको छ ।
यसअघि थप गरीएको निषेधाज्ञा बिहिबार राति १२ बजेदेखि सकिने भएकाले जिल्ला प्रशासन कार्यालयमा जिल्ला कोभिड व्यवस्थापन समिति (डीसीसीएमसी)को बैठकले जेठ मसान्तसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

खाद्यान्न पसल हप्तामा २ दिन आइतबार र बुधवार विहान ६ वजेदेखि ९ वजेसम्म खोल्ने दिने (डीसीसीएमसी)ले जनाएको छ ।विकास निर्माणको हकमा आयोजनासँग सहकार्य गरी निर्माण सामाग्री बोक्ने सवारी साधनलाई स्थानीय तहको सिफारिसमा सञ्चालन गर्न पाउने जनाइएको छ ।

बैठकमा जिल्लामा रहेका राजनीतिक दलका प्रमुख र पालिका प्रमुखलाई पनि आमन्त्रण गरिएको थियो । जिल्लामा कोरोना संक्रमण दर नघटेपछी बैठकले निषेधाज्ञा थप गर्नुको बिकल्प नभएको निष्कर्ष निकालेको हो ।झापामा निषेधाज्ञा गरीएको १ महिना पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here