चीनने दिएको ८ लाख डोज खोप नेपाल आईपुग्यो


१८ जेष्ठ २०७८, मंगलवार १६:४१ मा प्रकाशित

काठमाडौं । चीनले अनुदानमा उपलब्ध गराएको आठ लाख डोज खोप आइपुगेको छ।

सोमबार बेइजिङ गएको नेपाल एयरलायन्सको विमान मंगलबार दिउँसो खोप लिएर आएको हो। राष्ट्रपति विद्यादेवी भण्डारीले टेलिफोन गरी सहयोगका लागि आग्रह गरेपछि चिनियाँ समकक्षी सी जिनपिङले तत्काल १० लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेका थिए।

जसमध्ये निगमको बिमानले बेइजिङबाट ८ लाख डोज खोप ल्याएको हो।

यसैगरी, तिब्बतले प्रदान गर्ने २ लाखमध्ये १ लाख डोज खोप हिमालयन एयरलाइन्सको विमानले मंगलबारै ल्याउने जनाइएको छ।

अहिले ल्याइएको खोप ६० देखि ६५ वर्ष उमेर समूहलाई लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर कृष्ण पौडेलले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here