भारतमा कोरोना संक्रमितको वृद्धिमा कमी


१८ जेष्ठ २०७८, मंगलवार ०९:०८ मा प्रकाशित

काठमाडौँ ।  दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा संक्रमितको दैनिक वृद्धिमा कमी हुँदै गएको छ  ।

डेढ महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ १ लाख २६ हजार ६९८  जनामा संक्रमण भएको छ । यो संख्या सोमबारको तुलनामा २६ हजारले कम हो ।पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड ८१ लाख ७३ हजार ६५५ पुगेको छ ।

यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो ।संक्रमितको संख्या २४ वैशाखमा भारतमा सबैभन्दा उच्च विन्दुमा ४ लाख २२  हजार २५७ पुगेको थियो ।आज भारतमा मृतको संख्यामा पनि कमी आएको छ । दैनिक चार हजार हाराहारी संक्रमितको मृत्यु हुँदै आएकोमा  आज २ हजार ७८२ मा झरेको छ । सोमबार पनि मृतक संख्या अघिल्ला दिनहरूको तुलनामा कम भएको थियो ।

पछिल्लो विवरणअनुसार भारतमा कोरोना संक्रमितको मृतक संख्या ३ लाख ३१ हजार ९०९ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here