पार्टी विभाजन रोक्न एमालेले अन्तिमसम्म प्रयास गर्ने


१८ जेष्ठ २०७८, मंगलवार १६:४६ मा प्रकाशित

काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठकले पार्टी विभाजन हुनबाट रोक्न अन्तिमसम्म प्रयास गर्नुपर्ने निष्कर्ष निकालेको छ।

आज बसेको स्थायी कमिटी बैठकले पार्टी एकता गर्न लचिलो हुनुपर्ने निष्कर्ष निकालेको प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिए ।

बैठकपछि उनले भने, ‘पार्टी एकताका लागि विभिन्न रूपमा छलफल भइरहेका छन्। अहिले कार्यदलको अस्तित्व छैन। अब आवश्यक भए अर्को बन्नसक्छ। त्यो कार्यदल सदस्यहरू कारवाहीमा परिसक्नुभएको छ।’

उनले पार्टीबाट कारवाही भइसकेकालाई फर्काउने सम्भावना नभएको संकेत गर्दै मूलधारमा धेरैलाई फर्काउने प्रयास भइरहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here