झापा । व्यवसायिक रेडियोहरुको छाता संगठन ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान)का अध्यक्ष चन्द्र न्यौपानेको निधन भएको छ ।
झापाको गौरादह स्थायी घर भएका न्यौपाने डेढ दशकदेखि इटहरीमा बसोबास गर्दै आउनु भएको थियो ।कोरोना भाइरस संक्रमणका कारण गम्भीर अवस्थामा विराटनगरमा उपचार गराइरहनु भएका न्यौपानेको ४७ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको हो । स्थिति गम्भीर भएपछि उहाँलाई भेन्टिलेटरमा राखिएको थियो ।
पूर्वको सबैभन्दा ठूलो रेडियो सप्तकोशी एफएमको सञ्जाल विस्तारमा न्यौपानेको महत्त्वपूर्ण योगदान छ ।स्थापनामा मार्केटिङबाट प्रवेश गर्नुभएका न्यौपानेले विगत एक दशकदेखि स्टेशन म्यानेजर भई सप्तकोशी एफएमलाई उचाईमा पुर्याउनु भएको थियो ।न्यौपाने नेकपा एमाले केन्द्रीय प्रचार विभाग सदस्य तथा विज्ञापन बोर्डका सदस्य हुनुहुन्थ्यो ।उहाँका श्रीमती एक छोरा,एक छोरी छन् ।





